समाज


राशिफल ६ असार : मिथुनको पुरानो समस्या बल्झिने, कुम्भलाई साथीभाइको साथ, तपाईँको दिन कस्तो?

राशिफल ६ असार : मिथुनको पुरानो समस्या बल्झिने, कुम्भलाई साथीभाइको साथ, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार ६, २०८३ शनिबार ४:३७, काठमाडौँ

शनिबार, ६ असार २०८३ (२० जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: धार्मिक तथा आध्यात्मिक यात्राको सम्भावना देखिन्छ। मनमा शान्ति र अनुहारमा तेज बढ्नेछ। साथीभाइ तथा शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। अध्ययन तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ५९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ७१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६४ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

वृष: बोलेका कुराको गलत अर्थ लाग्न सक्ने भएकाले सावधानी अपनाउनु उचित हुनेछ। विवाद वा मतभेदको सम्भावना रहेकाले बोली र व्यवहारमा संयम आवश्यक छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ५०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४२ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: मनमा केही निराशा र शरीरमा आलस्यको अनुभव हुन सक्छ। स्वास्थ्यसम्बन्धी खर्च बढ्न सक्ने संकेत छ। पुराना समस्या पुनः सतहमा आउन सक्छन्। साँझतिर काममा सफलता र भ्रमणको योजना बन्ने सम्भावना छ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६७, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ७६ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट: सामाजिक तथा सार्वजनिक क्षेत्रमा सफलता प्राप्त हुनेछ। प्रेम सम्बन्ध थप प्रगाढ बन्नेछ। विगतमा रोकिएका काम पुनः प्रयास गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। आफन्त तथा बन्धुबान्धवबाट सहयोग मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: नयाँ ज्ञान तथा सीप हासिल गर्ने अवसर प्राप्त हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। बोली र व्यवहारकै कारण महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन्। परिवारजनसँग रमाइलो गरी समय बित्नेछ। घरमा अतिथिको आगमन हुनेछ।

भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: मनमा अन्योल र द्विविधा बढ्न सक्छ। आफूलाई राम्रोसँग थाहा नभएको क्षेत्रमा हतारमा निर्णय नगर्नु नै उचित हुनेछ। भाग्यको साथ कमजोर रहेकाले अपेक्षित सफलता प्राप्त गर्न धैर्यता आवश्यक हुनेछ।

भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४२, व्यापारमा ४८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३२ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: दिन मध्यम फलदायी रहनेछ। धार्मिक यात्रा वा तीर्थाटनको सम्भावना छ। व्यापारिक क्षेत्रमा प्रगति गर्न सकिनेछ। अध्ययनमा अपेक्षाकृत कम उपलब्धि देखिए पनि सकारात्मक सोच राख्नेहरूलाई क्रमशः लाभ मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

वृश्चिक: प्रभावशाली तथा विशिष्ट व्यक्तिको साथ र सहयोग प्राप्त हुनेछ। रोकिएका कामले पुनः गति लिनेछन्। प्रेम तथा दाम्पत्य जीवन सुखद् रहनेछ। टाढिएका आफन्त वा साथीभाइसँग पुनर्मिलनको अवसर प्राप्त हुनेछ।

भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

धनु: ज्ञान, बुद्धि तथा अध्ययनमा प्रगति हुनेछ। कार्यक्षेत्रमा सफलता प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। नजिकका व्यक्तिबाट सहयोग मिल्नेछ। प्राविधिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ।

भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ७०, वैदेशिक कार्यमा ६१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मकर: लाभहानि, सुख–दुःख मिश्रित रहनेछ। व्यापारिक क्षेत्रमा उल्लेखनीय उपलब्धि प्राप्त गर्न केही थप मेहनत आवश्यक पर्नेछ। साथीभाइको सुझाव र सहयोगले कार्यमा सकारात्मक परिणाम दिन सक्छ।

भाग्यशाली रङ आकासे र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ४६, व्यापारमा ३८, वैदेशिक कार्यमा ५३ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

कुम्भ: आफ्नो क्षमता र दक्षताको भरमा विभिन्न कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। मनमा शान्ति र सन्तुष्टि रहनेछ। साथीभाइको साथले काममा अपेक्षित सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

मीन: कर्मशील व्यक्तिका लागि दिन फलदायी रहनेछ। व्यापार तथा व्यवसायबाट सामान्य लाभ मिल्नेछ। भावनात्मक सन्तुलन कायम राख्न सके अझ राम्रो परिणाम प्राप्त हुनेछ।

भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ६८, व्यापारमा ६६, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad