भारतीय राज्य उत्तर प्रदेशको आगरामा सोमबार वायुसेनाको विमान मिग-२९ दुर्घटना भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाइलट र कोपाइलटले भने हाम फालेर ज्यान जोगाएका छन्।
वायुसेनाद्वारा जारी विज्ञप्तिमा नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण उक्त दुर्घटना भएको जनाइएको छ। यो दुर्घटनाको छानबिन गरिने बताइएको छ।
दुई किलोमिटर टाढा भेटिए पाइलट
दुर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ।
पाइलटले बुद्धि पुर्याएर विमान कगरौलको सोनिगा गाउँ नजिकैको खाली खेतमा अवतरण गराए। मानव बस्ती भएको क्षेत्रमा दुर्घटना भएको भए ठूलो क्षति हुन सक्ने थियो।
पन्जाबाट उडेको थियो विमान
काग्रोल थाना क्षेत्रको बाघा र बहा गाउँको बीचमा रहेको किसान बबीको खेतमा यो विमान दुर्घटना भएको हो।
विमान खसेपछि आगलागी भएको थियो। तर विमान जमिनमा अवतरण हुनुअघि नै पाइलट र कोपाइलटले हाम फालेर ज्यान जोगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
Shares

प्रतिक्रिया