ग्लोबल


कमला ह्यारिसले जितिन् न्यु ह्याम्पसायर, ट्रम्प राष्ट्रपति बन्नबाट मात्र २३ इलेक्टोरल मत टाढा

कमला ह्यारिसले जितिन् न्यु ह्याम्पसायर, ट्रम्प राष्ट्रपति बन्नबाट मात्र २३ इलेक्टोरल मत टाढा

नेपालखबर
कात्तिक २१, २०८१ बुधबार १२:१५,

कमला ह्यारिसले न्यु ह्याम्पसायरको नतिजा आफ्नो पक्षमा पारेकी छन्। यससँगै उनलाई ४ इलेक्टोरल मत थपिएको छ।

उनको जम्मा इलेक्टोरल मत २१४ पुगेको छ। उनलाई जितका लागि थप ५६ मत चाहिन्छ।

डोनाल्ड ट्रम्पलाई भने जितका लागि मात्र २३ मत चाहिएको छ। उनले २४७ इलेक्टोरल मत जितिसकेका छन्। 

जर्जिया र नर्थ क्यारोलाइनाजस्ता ब्याटलग्राउन्ड स्टेटमा उनले जित हात पारिसकेका छन्। 

कमला ह्यारिसको जितको विकल्प खुम्चिँदै जाँदा अमेरिकी मतदाता दक्षिणपन्थतर्फ ढल्किएको देखिन्छ। 

अधिकांश क्षेत्रमा ट्रम्पले २०२० को नतिजामा सुधार गरेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad