अमेरिकी राष्ट्रपतीय निर्वाचन लोकप्रिय मत पाउने उम्मेदवारले नै जित्ने ग्यारेन्टी हुँदैन। कहिलेकाहीँ कम मत पाए पनि ज्यादा इलेक्टोरल मत पाएर कुनै उम्मेदवार राष्ट्रपति बन्न सक्छ।
तर, यसपटकको चुनावमा त्यस्तो सम्भावना देखिएको छैन।
जारी मतगणनामा २६७ इलेक्टोरल मत जितिसकेका ट्रम्पले लोकप्रिय मतमा पनि फराकिलो अग्रता कायम गरेका छन्।
हालसम्म ट्रम्पले ६ करोड ९६ लाख ३२ हजार मत प्राप्त गरेका छन्। त्यो भनेको ५१.१ प्रतिशत मत हो।
कमला ह्यारिले भने ६ करोड ४३ लाख ६९ हजार मत पाएकी छन्। त्यो भनेको ४७.३ प्रतिशत मत मात्र हो।
ट्रम्पले ब्याटलग्राउन्ड राज्यमध्ये पेन्सिलभेनिया, नर्थ क्यारोलाइना र जर्जिया जितिसकेका छन्। एजेन्सी
480
Shares

प्रतिक्रिया