युक्रेनी राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ले रुसले युक्रेनको राजधानी किएभमा रुसले मिसाइल आक्रमण गर्ने चेतावनी दिएको बताएपछि अधिकारीहरूले देशव्यापी रूपमा सावधानी अपनाउन निर्देशन दिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई उद्धृत गर्दै राष्ट्रपतिका ‘चिफ अफ स्टाफ’ एन्ड्री यर्माकले टेलिग्राममार्फत ‘रुसले किएभमा क्षेप्यास्त्र आक्रमण गरिरहेको’ जनाएका छन्।
युक्रेनी सेनाले बुधबार यसअघि नै युक्रेनी आकाशमा क्षेप्यास्त्र प्रवेश गरेको र राजधानी किएभतर्फ गइरहेको जानकारी गराएको छ।
‘सावधान! चेर्निहिभ क्षेत्रबाट मिसाइल किएभ क्षेत्रतर्फ गइरहेको छ,’ यर्माकले टेलिग्राममार्फत जारी सूचनामा भनिएको छ।
रुसको एक हप्ताको निरन्तर आक्रमणका क्रममा मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगरमा ३२ वर्षीया महिला र उनका तीन बच्चाको मारिएका थिए।
पछिल्लो समय मस्को र किएभले एकअर्काविरुद्ध २४ सै घण्टा आक्रमण गरिरहेका छन्।
रुसी क्षेत्र कुर्स्कबाट युक्रेनी सेनालाई निष्कासन गर्न रुसले उत्तर कोरियाली लडाकुसहित करिब ५० हजार सैनिक तयार पारेको जेलेन्स्कीले बताएका छन्। रासस/एएफपी
Shares

प्रतिक्रिया