ग्लोबल


वायनाड उपचुनाव: प्रियंका गान्धी २५ हजार मतले अगाडि

वायनाड उपचुनाव: प्रियंका गान्धी २५ हजार मतले अगाडि

कंग्रेस उम्मेदवार प्रियंका गान्धी


नेपालखबर
मंसिर ८, २०८१ शनिबार १०:३, काठमाडौँ

भारतीय राज्य केरलाको वायनाड लोकसभा सिटमा भएको उपचुनावअन्तर्गत जारी मतगणनामा कंग्रेस उम्मेदवार प्रियंका गान्धी करिब २५ हजार मतले अगाडि भएकी छन्।

भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) का उम्मेदवार सत्यन मोकेरी दोस्रो र भारतीय जनता पार्टी (भाजपा) का उम्मेदवार नवीन हरिदास तेस्रो स्थानमा छन्।

राहुल गान्धीले वायनाड सिट छाडेपछि यहाँ भएको उपचुनावमा कंग्रेसबाट प्रियंका गान्धी उठेकी हुन्। यसअघि भएको चुनावमा वायनाड र उत्तर प्रदेशको रायबरेली दुवै निर्वाचन क्षेत्रमा विजयी भएपछि राहुलले एउटा सिट छाडेका हुन्।

योसँगै आज महाराष्ट्र र झारखण्डसहित १४ राज्यका ४८ विधानसभा सिट र नान्देड लोकसभा सिटका लागि भएको उपचुनावको नतिजा आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad