ad ad

ग्लोबल


सिक्किमका शैक्षिक संस्था एक महिनाका लागि बन्द

सिक्किमका शैक्षिक संस्था एक महिनाका लागि बन्द

शैलेन्द्र समदर्शी
चैत ३, २०७६ सोमबार १२:१३,

कोरोना भाइरसको बढ़्दो प्रकोप रोक्नका लागि सिक्किम सरकारले एक महिनासम्म राज्यका सम्पूर्ण शैक्षिक संस्थान बन्द राख्ने घोषणा गरेको छ।

सोमबार बसेको उच्चस्तरीय बैठकमा मुख्यमन्त्री पीएस गोलेले वैशाख ३ (मार्च १७-अप्रेल १५) गतेसम्म राज्यका सबै शैक्षिक संस्थान, डिस्को, सिनेमा हल, क्यासिनो, जिम, मेला, ताम्बोलालाई बन्द गर्ने घोषणा गरे। यसका साथै यसै मितिसम्मका लागि सरकारले देशी पर्यटकहरूमाथि पनि रोक लगाएको छ।

उच्चस्तरीय बैठकमा कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि राज्यले गरिरहेको सुरक्षा उपायबारे पनि विशद् चर्चा गरिएको बताइएको छ।

स्मरणरहोस्, सिक्किमले फागुन २२-का दिनदेखि नै विदेशी पर्यटकहरूको प्रवेशमा रोक लगाएको थियो। यसका साथै सिक्किमले नेपाललगायत राज्यका सबै नाकामा चौबिस घण्टै निगरानी टिम खटाएको छ।

अर्कोतिर, पश्चिम बंगाल सरकारले राज्यका शैक्षिक संस्थानहरूका विदालाई लब्म्याएर वैशाख ३ गतेसम्म पुऱ्याएको छ। यस अघि चैत्र ३ गतेका दिन राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले एक विज्ञप्ति जारी गरी चैत्र १८ गतेसम्मका लागि राज्यका सबै शैक्षिक संस्थान बन्द रहने घोषणा गरेकी थिइन्।

यसैबीच देशका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण बढ़्न थालेपछि यसको प्रकोप रोक्नका लागि शैक्षिक संस्थानहरूको विदालाई थप १५ दिन लम्बाएकाे पश्चिम बंगाल सरकारले जनाएकाे ५।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .