अर्को महिना हुने आफ्नो शपथ समारोहमा डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई निम्त्याएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
जनवरी २० मा हुने शपथ समारोहका लागि ट्रम्पले नोभेम्बरमै सीलाई निम्ता पठाएको सीबीएस न्युजले जनाएको छ।
गत शुक्रबार ट्रम्पले एनबीसी टेलिभिजनमा अन्तर्वार्ता दिँदै सीसँग आफ्नो राम्रो मेलमिलाप रहेको र हालै उनीसँग कुराकानी गरेको बताएका थिए।
अमेरिकी राष्ट्रपतिको शपथमा सो मुलुकको प्रमुख प्रतिद्वन्द्वी चीनका नेता सहभागी भए त्यो दुई देशबीचको सम्बन्धमा असाधारण घटना हुने छ।
ट्रम्पले आफ्नो आगामी प्रशासनमा चीनका उग्र आलोचकहरूलाई नियुक्ति दिएका छन्। जसमा विदेशमन्त्री बन्ने घोषणा गरिएको सिनेटर मार्को रुबियो पनि पर्छन्।
ट्रम्पले चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने धम्की पनि दिएका छन्। एजेन्सी
Shares

प्रतिक्रिया