ग्लोबल


स्कुटरमा राखिएको पदार्थ विस्फोट हुँदा रुसी सेनाका लेफ्टिनेन्ट जनरलको मृत्यु

स्कुटरमा राखिएको पदार्थ विस्फोट हुँदा रुसी सेनाका लेफ्टिनेन्ट जनरलको मृत्यु

फाइल तस्बिर: रुसी सेनाका लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ


नेपालखबर
पुस २, २०८१ मंगलबार १९:१२, मस्को, रसिया

रुसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ। 

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विद्युतीय स्कुटरमा राखिएको विस्फोटक पदार्थले विस्फोट गराएको बताए।

प्रवक्ताले भने, ‘अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्युमा रहेको आवासीय भवनको प्रवेशद्वारनजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ। रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उहाँका सहकर्मी उक्त विस्फोटमा मारिएका छन्।’

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ। हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad