रुसको सुरक्षा सेवाले जनरल इगोर किरिलोभको मृत्यु प्रकरणमा बुधबार उज्बेकिस्तानी नागरिकलाई पक्राउ गरेको जनाएको छ।
मंगलबार रुसको आणविक रक्षा बलका प्रमुख लेफ्टिनेन्ट जनरल किरिलोभ मस्कोमा भएको विस्फोटमा मारिएका थिए।
विस्फोटक पदार्थ स्कुटरमा लुकाइएको थियो। घटनामा एक सैनिक अधिकृतका एक सहायकको पनि मृत्यु भएको छ।
युक्रेनले घटनाको जिम्मेवारी लिएको छ र रुसले यसलाई 'आतंकवादी कार्य' भनेको छ।
रुसको सरकारी मिडिया एजेन्सीले रुसको सुरक्षा सेवालाई उद्धृत गर्दै २९ वर्षीय उज्बेक नागरिकलाई हिरासतमा लिएको जनाएको छ। उनलाई युक्रेनी गुप्तचर विभागले भर्ती गरेको थियो।
युक्रेनी सुरक्षा स्रोतले बताएअनुसार जनरल किरिलोभले धेरै युद्ध अपराध गरेका कारण युक्रेनको निशानामा थिए।
189
Shares

प्रतिक्रिया