ग्लोबल


भारतीय सांसदहरूबीच भिडन्त, हत्या प्रयासको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी

भारतीय सांसदहरूबीच भिडन्त, हत्या प्रयासको आरोपमा राहुल गान्धीविरुद्ध उजुरी

नेपालखबर
पुस ४, २०८१ बिहिबार १८:१,

गृहमन्त्री अमित शाहले बाबासाहेब भीमराव अम्बेडकरका विषयमा गरेको टिप्पणीका विषयमा विवाद बढ्दै जाँदा भारतीय सांसदहरू संसद् भवनबाहिर आपसमा भिडेका छन् भने यो मामिला पुलिस थाना समेत पुगेको छ।

सत्तारुढ भाजपा र विपक्षी कंग्रेसका सांसदहरूले एकअर्कालाई आफूमाथि हमला गरेको र धम्क्याएको आरोप लगाएका छन्।

केही सांसदहरूले आफू घाइते भएको बताएका छन्।

भाजपाका सांसद प्रताप सारंगी विपक्षी नेता राहुल गान्धीले आफूलाई धकेलेर चोट लगाइदिएको आरोप लगाएका छन्।

‘राहुल गान्धीले एक सांसदलाई धक्का दिए। ती सांसदमाथि ममाथि लडे र म तल झरेँ,’ सारंगीले भनेका छन्।

उनको टाउकोमा चोट लागेको देखिन्छ।

विपक्षी नेता गान्धीले भने भाजपाले आफूहरूलाई संसद् भवनभित्रै छिर्न नदिएको आरोप लगाए।

भाजपाका मन्त्री शिवराजसिंह चौहानले राहुल गान्धीले गुण्डागर्दी गरेको दाबी गरे।

त्यस्तै, भाजपा सांसदहरू अनुराग ठाकुर र बाँसुरी स्वराजले राहुल गान्धीविरुद्ध हत्याप्रयासको आरोप लगाउँदै उजुरी दर्ता गराएका छन्। 

अर्कोतिर कांग्रेस सांसदहरूले भाजपाले अध्यक्ष मल्लिकार्जुन खड्गेलाई दुर्व्यवहार गरेको भन्दै उजुरी दिएका छन्।

यो विवादको सुरुवात गत मंगलबार राज्यसभामा गृहमन्त्री अमित शाहले गरेको सम्बोधनपछि सुरु भएको थियो। 

उनले भनेका थिए, ‘आजकल अम्बेडकरको नाम लिनु फेसन भएको छ। भगवानको नाम यति धेरै लिएको भए सात जन्म स्वर्ग पाइन्थ्यो,’ उनले भनेका थिए।

विपक्षीहरूले शाहको राजीनामा माग गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad