ad ad

ग्लोबल


दार्जिलिङमा सवारी दुर्घटना: पाँच जनाकाे मृत्यु, तीन घाइते

दार्जिलिङमा सवारी दुर्घटना: पाँच जनाकाे मृत्यु, तीन घाइते

शैलेन्द्र समदर्शी
चैत ४, २०७६ मंगलबार १४:३५,

दार्जिलिङ सिक्किम र कालेबुङलाई सिलगढ़ीसँग जोड़्ने राष्ट्रिय राजमार्ग १० मा म‌ंलवार अपराह्न यात्रीवाहक वाहन दुर्घटनामा पर्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। जबकि वाहनका चालकसहित तीनजना गम्भीर घाइते बनेका छन्।

रम्बी इलाका प्रहरीका अनुसार पूर्व सिक्किमबाट एनजेपी (सिलगढ़ी)-तर्फ गइरहेको एसके ०१ जे २३७७ नम्बरको सुमो गोल्ड वाहन राष्ट्रिय राजमार्गस्थित सुन्तलेनजिक पुग्दा आज करिब ३.३० बजे दुर्घटनामा परेको हो। वाहन मूल सड़कबाट करिब १०० फुट तल खसेको थियो।

प्रहरीका अनुसार मृतक सबै ओड़िसानिवासी हुन्। वाहनमा चालकलगायत कुल ९ यात्रु सवार थिए।

केही दिनअघि सिक्किम घुम्न आएका उनीहरू आज आ-आफ्ना घर फर्किरहेका थिए। प्रहरीका अनुसार मृतकहरूमा अभिजीत रावत, रतिकान्त नन्द, शकुन्तला नन्द, सुलोचना नन्द र सबिता नन्द रहेका छन्।

यसका साथै घाइते हुनेहरूमा डली दास (नदिया पश्चिम), साइस्नेह रथ (भुवनेश्वर ओडिसा), स्वेका पद्मा नन्द (भुवनेश्वर ओडिसा) रहेका छन्। यसका साथै वाहनका चालक भुपाल छेत्री पनि घाइते भएका छन्। प्रहरीले दुर्घटनाबारे जाँच शुरु गरेको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .