ग्लोबल


इजरायलले भन्योः हमास नेता हानिया हामीले नै मारेका हौँ

इजरायलले भन्योः हमास नेता हानिया हामीले नै मारेका हौँ

फाइल तस्बिर: इस्माइल हानिया


नेपालखबर
पुस ९, २०८१ मंगलबार ८:१, काठमाडौँ

इजरायलले इरानको तेहरानमा हमासका वरिष्ठ नेता इस्माइल हानियाको हत्या गरेको पुष्टि गरेको छ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले पहिलोपटक आफ्नो देशले हमासका राजनीतिक नेता इस्माइल हानियालाई तेहरानमा यसै वर्षको जुलाईमा मारेको स्वीकार गरेका हुन्।

आफ्नो भाषणमा उनले यमनमा इरान समर्थित हुथी समूहका नेताहरूलाई निशाना बनाउने बताए। यस क्रममा उनले हमासका नेताहरूविरुद्धको कुरा पनि गरे।

हानिया मारिएका बेला इरानको तेहरानस्थित एउटा भवनमा थिए। त्यसबेला पनि हमास र इरानले इजरायललाई नै हमलाको जिम्मेवार ठहर गरेका थिए।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग गाजामा युद्धविरामका लागि सहमतितर्फ केही प्रगति भएको बताएका छन्। तर, यो सम्झौता कहिले हुन्छ भन्ने कुनै समय सीमा तोकिएको छैन।

हमास र इजरायलबीच ९० प्रतिशत वार्ता पूरा भइसकेको तर केही महत्त्वपूर्ण विषयमा छलफल हुन बाँकी रहेको प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले बीबीसीलाई बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad