कला


चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन

चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन

नेपालखबर
पुस ९, २०८१ मंगलबार ८:११, काठमाडौँ

भारतका चर्चित फिल्म निर्देशक श्याम बेनेगलको निधन भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार ९० वर्षीय बेनेगलले मुम्बईको वोकहार्ट अस्पतालमा सोमबार साँझ अन्तिम सास लिएका हुन्। 

श्याम बेनेगल २ वर्षदेखि मिर्गौलाको गम्भीर रोगबाट पीडित थिए।

'अंकुर', 'निशान्त', 'मन्थन', 'भूमिका' र 'मंडी'जस्ता फिल्म निर्देशन गरेका बेनेगललाई ७०-८० को दशकमा समानान्तर सिनेमा आन्दोलनका दिग्गज मानिन्छ।

उनका फिल्ममा लैंगिक समानता, सामाजिक न्याय र राजनीतिक संघर्षजस्ता विषय थिए।

श्याम बेनेगललाई ‘भारत एक खोज’ र ‘संविधान’ निर्माणका लागि पनि स्मरण गरिन्छ। 

उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषण प्रदान गरिएको थियो।

फिल्म निर्देशक बेनेगलले केही दिनअघि डिसेम्बर १४ मा आफ्नो ९०औँ जन्मदिन मनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad