दार्जिलिङको कालेबुङमा एक नेपाली मृत भेटिएका छन्।
उदयपुरका ३१ वर्षीय गोविन्द राउत मंगलबार बिहान कालेबुङमा मृत अवस्थामा भेटिएका हुन्।
मंगलबार बिहान कालेबुङको अप्पर हरिजन रोडमा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए।
स्थानीयको खबरपछि पुगेको कालेबुङ प्रहरीले उनको मृत्यु भएको बताएको थियो। प्रहरीले शवको खनाखतपछि पोस्र्टमार्टमका लागि अस्पताल पठाएको छ।
प्रहरीले उनको अत्याधिक मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ।
उदयपुरका रावत केही वर्षदेखि कालेबुङ क्षेत्रमा मजदुरी गर्दै आएको बताइएको छ।
प्रतिक्रिया