ग्लोबल


कोरियाको इतिहासकै तेस्रो ठूलो विमान दुर्घटना : १७९ जनाको मृत्यु पुष्टि

चालक दलका २ सदस्य मात्र बाँचे, ७ दिने राष्ट्रिय शोक घोषणा
कोरियाको इतिहासकै तेस्रो ठूलो विमान दुर्घटना : १७९ जनाको मृत्यु पुष्टि

नेपालखबर
पुस १४, २०८१ आइतबार १८:४६,

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको विमान दुर्घटनामा सवार १८१ मध्ये दुई जना मात्र बाँच्न सफल भएका छन्।

सबै यात्रु र चालक दलका चार सदस्यसहित १७९ जनाको ज्यान गएको पुष्टि भएको हो। उद्धार गरिएका दुई जना चालक दलको सदस्य भएको बताइएको छ।

७ दिनका लागि मुलुकमा शोक अवधि घोषणा गरिएको छ। सरकारी कार्यालयमा झण्डा झुकाइने छ भने कर्मचारीले कालो रिबन लगाउने छन्।

यो कोरियाको इतिहासको तेस्रो ठूलो दुर्घटना भएको योनहाप न्युज एजेन्सीले जनाएको छ।

१९८३ मा सोभियत लडाकु विमानले बाटो छाडेको कोरियन एयरको विमान खसाउँदा सवार सबै २६९ जनाको ज्यान गएको थियो। १९९७ मा कोरियन एयरकै विमान गुआममा दुर्घटना हुँदा २२५ जना मारिएका थिए।

जेजु एयरको भने यो पहिलो दुर्घटना भएको बताइएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad