हमासले बन्धक बनाइएकी १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक गरेको छ।
जसलाई हमासले एक वर्षभन्दा बढी समयदेखि आफ्नो कब्जामा राखिरहेको छ।
उनी इजरायल डिफेन्स फोर्स (आईडीएफ) की निगरानी सैनिक लिरी अल्बाग हुन्। उनलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका बेला नियन्त्रणमा लिएको थियो।
द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा लिरी अल्बागसहित ६ सैनिकलाई बन्धक बनाएको थियो। त्यतिबेला १५ इजरायली सैनिक भने मारिएका थिए।
सार्वजनिक भिडिओ साढे तीन मिनेटको छ। जसमा १९ वर्षीया लिरी अल्बागले आफूलाई हमासले ४५० दिनभन्दा बढी समयदेखि बन्दी बनाएको बताउँदै इजरायली सरकारले आफू र अन्य बन्धकलाई बिर्सेको गुनासो गरेकी छन्।
अल्बागले भनेकी छन्, ‘म भर्खर १९ वर्षकी भएँ। मेरो सिंगै जीवन बाँकी छ, तर अब मेरो जिन्दगी बन्धकमा छ।’
हेर्नुहोस् भिडिओ-
🚨‼️🇵🇸🇮🇱Hamas release video of Israeli hostage, LIRI ALBAG.
— Iqbal Hossain (@yki_niassoh) January 4, 2025
She looks safe and healthy, even gain some weight. All you have to do is release 9,500 of Palestinian hostages kept by terrorist Israel and cease all fire against Palestinian and give a two state solution.
All hostages… pic.twitter.com/BBDZaiFV0D
हमासद्वारा कब्जा गरिएका ६ इजरायली सैनिकमध्ये एकलाई आईडीएफले उद्धार गरेको थियो भने एकको हत्या भएको थियो।
अलबागसहति अन्य चार बन्धक अझै हमासको कब्जामा छन्।
लिरी अलबागको परिवारले हमासले जारी गरेको भिडिओ क्लिपले हृदय छियाछिया पारेको बताएको छ।
भिडिओमा हेर्दा लिरीलाई चरम मानसिक र शारीरिक यातना दिइएको प्रस्ट देखिने परिवारको भनाइ छ।
पीडित परिवारले आफ्नी छोरी अलबागको सकुशल उद्धार गरिदिन इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग अनुरोध गरेको छ।
Shares

प्रतिक्रिया