ग्लोबल


क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री ट्रुडोले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो


नेपालखबर
पुस २३, २०८१ मंगलबार १३:४, काठमाडौँ

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार सत्तारुढ लिबरल पार्टीको नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। यद्यपि, लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म ट्रुडो प्रधानमन्त्री रहनेछन्।

ट्रुडोले पार्टीको नेताबाट राजीनामा दिएको र अर्को नेता चुनिएपछि प्रधानमन्त्री पदबाट पनि राजीनामा दिने बताएका छन्।

जस्टिन ट्रुडोले स्थानीय समयअनुसार सोमबार बिहान पत्रकार सम्मेलनमा राजीनामाको घोषणा गर्दै भने, ‘प्रधानमन्त्रीका रूपमा हरेक दिन सेवा गर्न पाउनु सम्मानको कुरा हो हामीले महामारीको समयमा सेवा गर्‍यौँ, बलियो लोकतन्त्रको लागि काम गर्‍यौँ, राम्रो व्यापारका लागि काम गर्‍यौँ। सबैलाई थाहा छ- म लडाकु हुँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad