चार वर्षको प्रतिबन्धपछि पाकिस्तानको राष्ट्रिय ध्वजवाहकले युरोपमा उडान सुरु गरेको छ। पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमानले पेरिस उडान गरेको हो।
कराचीमा अवतरणका क्रममा सो एयरलाइन्सको विमान दुर्घटना भएपछि युरोपेली संघको उड्डयन एजेन्सीले जुन २०२० देखि युरोप उडानमा प्रतिबन्ध लगाएको थियो।
प्रतिबन्ध फुकुवापछिको पहिलो उडान स्थानीय समयअनुसार दिउँसो १२ः १० बजे इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। सो बोइङ ७७७ मा ३३० यात्रु र १४ चालकदलका सदस्य सवार थिए।
विमानस्थलमा उड्डयनमन्त्री ख्वाजा आसिफ समेत उपस्थित थिए।
उनले पीआईए र नागरिक उड्डयनको प्रशंसा गरे। अब पीआईएले सातामा दुईपटक इस्लामावाद–पेरिस उडान गर्ने बताइएको छ।
यसअघि युरोपियन एभियसन सेफ्टी एजेन्सीले पीआईएलाई प्रतिबन्धको सूचीबाट हटाएको थियो।
पाकिस्तानले सो एयरलाइन्सलाई निजीकरण गर्ने प्रयास गरिरहेको छ। एजेन्सी
Shares

प्रतिक्रिया