अमेरिकी कम्पनी हिन्डनबर्ग रिसर्च बन्द हुँदै छ।
कम्पनीका संस्थापक नेट एन्डरसनले यो जानकारी दिएका हुन्।
नेट एन्डरसनले हिन्डनबर्ग रिसर्च वेबसाइटमा व्यक्तिगत नोटमा भनेका छन्, ‘मैले गत वर्षको अन्त्यदेखि मेरो परिवार, साथीभाइ र मेरो टोलीलाई भनेको छु- मैले हिन्डनबर्ग रिसर्चलाई विघटन गर्ने निर्णय गरेको छु।’
उनका अनुसार जुन विचारमा काम भइरहेको थियो, त्यो पूरा हुनासाथ यसलाई बन्द गर्ने योजना थियो।
उनले भने, ‘हामीले अनुसन्धान गरेका पोन्जीका मुद्दाबारे बजार नियामकहरूलाई जानकारी गराएका छौँ।’
आफ्नो प्रतिवेदनमा हिन्डनबर्ग रिसर्चले अदानी समूहविरुद्ध ठगी, भित्री व्यापार नियम उल्लंघन र मनी लाउन्ड्रिङको आरोप लगाएको थियो।
अदानी समूहले भने हिन्डनबर्ग रिसर्चको आरोपलाई अस्वीकार गरेको थियो।
291
Shares

प्रतिक्रिया