समाज


कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा २ युवाको मृत्यु

अर्का युवा गम्भीर घाइते
कपिलवस्तुमा नेपाली र भारतीय मोटरसाइकल ठोकिँदा २ युवाको मृत्यु

नेपालखबर
माघ ३, २०८१ बिहिबार ९:२३, काठमाडौँ

कपिलवस्तुमा नेपाली र भारतीय दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ। 

बुधबार साँझ वाणगंगा नगरपालिका- ११ देउपारस्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालक दुवै युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।  

मृत्यु हुनेमा यूपी-५५ ए एच ७०९० भारतीय नम्बरको मोटरसाइकलका चालक कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका- १ का ३५ वर्षीय नेहामन अली र लु १० प ४४९६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तुकै सैनामैना–४ घर भएका २७ वर्षीय रोमन थारु रहेका जिप्रका कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीले जानकारी दिए।

‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा गयराति मृत्यु भएको हो,’ डीएसपी अधिकारीले नेपालखबरसँग भने, ‘दुर्घटनामा अर्का एक युवा गम्भीर घाइते भएका छन्।’

दुर्घटनामा गम्भीर घाइते भएका २६ वर्षीय अजय थारुको बुटवलमा रहेको साँझा अस्पतालमा उपचार भइरहेको छ। उनी लु १० प ४४९६ नम्बरको मोटरसाइकलको पछाडि सवार थिए। 

सो मोटरसाइकल चालक थारुको पनि उपचारको क्रममा साझा अस्पतालमै मृत्यु भएको हो। 

भारतीय मोटरसाइकल चालक नेहामन अलीको मेडिकल कलेज भैरहवामा मृत्यु भएको डीएसपी अधिकारीले बताए। तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad