ग्लोबल


इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय

इमरान खानलाई फेरि सुनाइयो १४ वर्षको जेल सजाय

नेपालखबर
माघ ४, २०८१ शुक्रबार १५:३४,

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई आदालतले शुक्रबार थप जेल सजाय सुनाएको छ। 

खानलाई १४ र बिबीलाई ७ वर्षको जेल सजाय सुनाइएको हो।

५० अर्ब रुपैयाँ कालोधन शुद्धीकरणमा सघाएको सट्टा उनीहरूले अर्बौं रुपैयाँ र जमिन समेत घुस लिएको आरोप खानमाथि थियो।

खानले सो आरोप अस्वीकार गर्दै आएका छन्। यी आरोप आफूलाई राजनीतिबाट बाहिर राख्ने प्रपञ्च भएको उनको भनाइ छ।

यसअघि पनि खानलाई भ्रष्टाचार, सरकारी गोपनीयता भंग र वैवाहिक कानुन उल्लंघनको मुद्दामा तीनपटक सजाय सुनाइसकिएको छ। जसअनुसार उनले १०, १४ र ७ वर्षको जेल सजाय पाइसकेका छन्।

तर, पाकिस्तानी कानुनअनुसार उनले सबैभन्दा लामो सजाय भुक्तान गरे पुग्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad