अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न झन्डै १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन्।
गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए।
क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेका ट्रम्प समर्थकहरूका वकिलले उनीहरू रिहा हुने आशा व्यक्त गरेका छन्।
ट्रम्प समर्थकहरूको ठूलो भीड वासिङ्टन डीसी जेल बाहिर आफन्त रिहाइका लागि पर्खिरहेको छ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले स्थानीय समयानुसार सोमबार राति अमेरिकाको ४७औँ राष्ट्रपतिका रूपमा शपथ खाएका हुन्।
शपथपछिको सम्बोधनमा ट्रम्पले अमेरिकामा अब स्वर्ण युग सुरु भएको दाबी गरे।
804
Shares

प्रतिक्रिया