अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय पुगेपछि धेरैवटा कार्यकारी आदेश जारी गरेका छन्।
जसमा चिनियाँ सामाजिक सञ्जाल एप टिकटकसँग सम्बन्धित आदेश पनि छ।
तर टिकटकसँग सम्बन्धित आदेशमा के लेखिएको छ भन्ने बारेमा विस्तृत जानकारी हाल दिइएको छैन।
यसअघि ट्रम्पले टिकटकलाई ९० दिनको राहत दिने कुरा गरिरहेका छन्।
राष्ट्रपतिको पदभार ग्रहण गर्नुभन्दा ठीक अगाडि नै उनले टिकटकमा कार्यकारी आदेश जारी गर्ने बताएका थिए।
ट्रम्पको आश्वासनपछि टिकटकले अमेरिकामा पुन: सेवा सुरु गर्ने बताएको थियो।
621
Shares

प्रतिक्रिया