अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा कर लगाउने आफ्नो योजना सही भएको जिकिर गरेका छन्।
फक्स न्युजलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘चीनले अमेरिकाबाट धेरै पैसा पाउँछ र त्यो पैसा उनीहरूले आफ्नो सेनामा प्रयोग गर्छन्।’
अन्तर्वार्तामा फक्स न्युजले ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङसँग कस्तो सम्बन्ध छ भनेर सोधेको थियो।
जवाफमा ट्रम्पले सीसँग हालै भएको कुराकानी 'राम्रो' र 'मैत्रीपूर्ण' भनेर वर्णन गरे।
उनले कोरोना महामारीअघि आफूहरूबीच ‘धेरै राम्रो सम्बन्ध’ रहेको बताए।
ट्रम्पले भने, "चीन एक महत्वाकांक्षी देश हो र उहाँ (राष्ट्रपति सी) एक महत्वाकांक्षी व्यक्ति हुनुहुन्छ। उहाँ मेरा लागि साथीजस्तै हुनुहुन्थ्यो र हाम्रो धेरै राम्रो सम्बन्ध थियो।’
दोस्रोपटक अमेरिकाको राष्ट्रपतिमा निर्वाचित ट्रम्पले शपथलगत्तै चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।
Shares

प्रतिक्रिया