ग्लोबल


हमासले बन्धक बनाएका यी ४ इजरायली महिला सैनिक आज मुक्त हुँदै

हमासले बन्धक बनाएका यी ४ इजरायली महिला सैनिक आज मुक्त हुँदै

हमासले शनिबार यी चार इजरायली महिला सैनिक रिहा गर्दै छ।


नेपालखबर
माघ १२, २०८१ शनिबार ७:५५, काठमाडौँ

हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ।

युद्धविरामको सम्झौताबमोजिम हमास दोस्रोपटक चार महिला इजरायली बन्धकलाई रिहा गर्न सहमत भएको हो। 

हमासले ती चार बन्धकको नाम पनि सार्वजनिक गरेको छ। 

हमासका अनुसार अब मुक्त गरिने चारै महिला इजरायली सैनिक हुन्। उनीहरूको नाम करिना एरिभ, डेनिएला गिल्बोआ, लेवी र लिरी अल्बाग हो। जसलाई आज रिहा गरिने बीबीसीले जनाएको छ। 

यी चार इजरायली सैनिकलाई १८० प्यालेस्टिनी कैदीको बदलामा रिहा गर्न लागिएको हो। 

इजरायल र हमासबीच युद्ध सुरु भएको लगभग १५ महिनापछि यही जनवरी १९ देखि गाजामा युद्धविराम भएको हो।

यस क्रममा उनीहरूले क्रमश: एकअर्काका नागरिक रिहा गरिरहेका छन्। 

यस युद्धविरामअन्तर्गत पहिलोपटकको आदानप्रदानमा हमासले ३ महिला बन्धकलाई छाड्यो भने सट्टामा इजरायलले ९० प्यालेस्टिनी कैदी रिहा गर्‍यो।

यसरी हमासले बन्धक छाडिरहँदा नेपाली विद्यार्थी विपिन पनि छाडिने आशा उनको परिवारले गरिरहेको छ। 

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई पक्षबीच युद्ध भइरहेको थियो। 

हमास आक्रमणमा १२०० इजरायली मारिए भने यस क्रममा २५१ इजरायली नागरिकलाई हमासले बन्धक बनाएको थियो।

त्यसयता इजरायले गाजामा गरेको आक्रमणमा परी हालसम्म ४७ हजार २०० प्यालेस्टिनीको मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad