ग्लोबल


रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

रुसको तेल प्रशोधन केन्द्रमा १२१ ड्रोन आक्रमण गरेको युक्रेनको दाबी

रुसले १२१ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ।


नेपालखबर
माघ १२, २०८१ शनिबार ९:६, काठमाडौँ

युक्रेनले कम्तीमा १२१ ड्रोन प्रयोग गरेर रुस र मस्कोको रियाजानमा रहेको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएको दाबी गरेको छ।

रुस र युक्रेनबीच जारी युद्धमा यसलाई आफ्नो किसिमको एक मात्र ठूलो अपरेसनका रूपमा वर्णन गरिएको छ।

बीबीसीले प्रमाणित गरेको भिडिओ फुटेजमा मस्कोको दक्षिण-पूर्वमा रहेको रियाजान क्षेत्रमा रहेको रिफाइनरी र पम्पिङ स्टेसनमा आगो लागेको देखिन्छ।

यसैबीच रुसले मस्को र रियाजानसमेत गरेर १३ क्षेत्रमा १२१ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। तर रुसले कुनै पनि क्षतिबारे जानकारी दिएको छैन।

अर्कातर्फ युक्रेनले पनि किभको एक आवासीय भवनमा रुसले गरेको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको र एक जना घाइते भएको जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad