नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्।
उनले आज बिहान घोराही उपमहानगरपालिका-५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन्।
तीन सय वर्ष पुरानो यस मन्दिरमा विश्वकै अग्लो त्रिशूल रहेको दाबी गरिएको छ।
अध्यक्ष प्रचण्डलाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरबारे जानकारी गराए।
मन्दिर जाने क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले स्थानीयसँग भेटघाट पनि गरे।
306
Shares

प्रतिक्रिया