ग्लोबल


केजरीवालको घरबाहिर फोहोर फ्याँकेपछि पक्राउ परिन् मालीवाल

केजरीवालको घरबाहिर फोहोर फ्याँकेपछि पक्राउ परिन् मालीवाल

नेपालखबर
माघ १७, २०८१ बिहिबार १८:४९, काठमाडौँ

दिल्लीमा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालको घर बाहिर फोहोर फ्याँकेपछि राज्यसभा सांसद तथा दिल्ली महिला आयोगकी पूर्वअध्यक्ष स्वाती मालीवाललाई प्रहरीले पक्रेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार उनले दिल्लीमा राम्रो सरसफाइ भइरहेको भनेर आम आदमी पार्टीले गरेको दाबीको विरोधमा त्यसो गरेकी थिइन्।

स्वाती मालीवालले अरविन्द केजरीवालको घरबाहिर फोहोर फ्याँकिदिइन्।

त्यही क्रममा मालीवाललाई प्रहरीले नियन्त्रणमा लिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

यसपछि मालीवालले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, ‘पूरै दिल्ली फोहोरको थुप्रो बनेको छ। म यहाँ अरविन्द केजरीवालजीलाई भेटेर दिल्लीले आफ्नो फोहोर कहाँ फाल्ने भनेर सोध्न आएको हुँ।’

उनले थपिन्, ‘आफूलाई सुधार्नुहोस् नत्र जनताले तपाईंलाई सुधार्नेछन्। म न यिनका गुन्डा डराउँछु न प्रहरीबाट नै।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad