चीनको सरकारी सञ्चारमाध्यमले अमेरिकाको वासिङ्टन डीसीमा भएको विमान दुर्घटनामा दुई चिनियाँ नागरिक पनि परेको जनाएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार भनेको छ- प्रारम्भिक जानकारीअनुसार, बुधबार रेगन राष्ट्रिय विमानस्थलनजिकै भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरूमा दुई चिनियाँ नागरिक पनि छन्।
चिनियाँ दूतावासले अमेरिकी पक्षलाई यसको आधिकारिक पुष्टि गर्न र औपचारिक रूपमा चीनलाई जानकारी गराउन आग्रह गरेको छ।
चालक दलसमेत ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर स्थानीय समयानुसार बुधबार राति ९ बजे वासिङ्टन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलनजिकै आकासमा ठोकिएर पोटोम्याक नदीमा खसेका हुन्।
दुर्घटनामा कोही पनि जीवित नरहेको निष्कर्षमा अधिकारीहरू पुगेका छन्। र, अहिलेसम्म विमान खसेको नदीबाट ४० भन्दा बढी शव निकालिसकिएको सीएनएनले जनाएको छ।
Shares

प्रतिक्रिया