राजनीति


प्रधानमन्त्री बालेनले भने- मलाई पनि राजदूत बन्न मन छ, प्रवक्ता भन्छन्: म्यासेज गर्दिम्?

प्रधानमन्त्री बालेनले भने- मलाई पनि राजदूत बन्न मन छ, प्रवक्ता भन्छन्: म्यासेज गर्दिम्?

नेपालखबर
जेठ २४, २०८३ आइतबार ८:९, काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मध्यराति फेसबुकमा व्यंग्यात्मक स्टाटस लेखेका छन्। 

उनले राजदूत पदमा नियुक्तिका लागि आफूलाई एसएमएस पठाउने सचिव कृष्णहरि पुष्करप्रति कटाक्ष गरेका हुन्। 

प्रधानमन्त्री शाहले शनिबार राति फेसबुकमा लेखेका छन्, ‘मलाई पनि एम्बासडर (राजदूत) बन्न मन छ, पीएम (प्रधानमन्त्री) को नम्बर छ भने यसो दिनुस् न।’

गत बिहीबार उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले आफू असार २४ गते अनिवार्य अवकाशमा जाने भएकाले त्यसअघि राजदूत बन्ने चाहना राख्दै प्रधानमन्त्री शाहलाई एसएमएस गरेका थिए।

त्यसमा उनले प्रधानमन्त्री शाहलाई ‘आफू अवकाशमा जान लागेको र राजदूत पदमा नियुक्ति गरिदिए आभारी हुने’ उल्लेख गरेका थिए।

त्यसपछि प्रधानमन्त्रीको सचिवालयले उनलाई प्रहरी लगाएर पक्राउ गराएको थियो। 

त्यही कारण सचिव पुष्करलाई उपराष्ट्रपति कार्यालयबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त (जगेडा) समूहमा तानिएको छ।

प्रधानमन्त्रीको स्टाटसमा टिप्पणी गर्दै सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले पनि व्य‌ंग्य गरेका छन्।

उनले कमेन्ट गरेका छन्, ‘म्यासेज गर्दिम्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad