ग्लोबल


‘यूएसएआईडी’ बन्द गराउँदै ट्रम्प

यो सुधार्नै नसक्ने अवस्थामा छ, हामी यसलाई बन्द गर्दै छौँः मस्क
‘यूएसएआईडी’ बन्द गराउँदै ट्रम्प

नेपालखबर
माघ २३, २०८१ बुधबार ९:७, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तत: अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने भएका छन्। 

ट्रम्प प्रशासनको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलोन मस्कले ‘यूएसएआईडी’ बन्द गर्न लागेको जानकारी दिएका हुन्। 

यसमा राष्ट्रपति ट्रम्प पनि सहमत भइसकेको उनले बताएका छन्। 

सोमबार ‘एक्स’ द्वारा आयोजित लाइभमा बोल्दै मस्कले भनेका छन्, ‘यस (यूएसएआईडी) लाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ।’ 

उनले अगाडि भनेका छन्, ‘यो सुधार्नै नसक्ने अवस्थामा छ। हामी यसलाई बन्द गर्दै छौँ।’

समाचार संस्था एपीका अनुसार मस्कको घोषणासँगै ६ सय कर्मचारीलाई यूएसएआईडीका कम्प्युटर प्रणालीको पहुँचमा रोक लगाइएको छ।

वासिङ्टनस्थित मुख्यालय प्रवेश नगर्न निर्देशन दिइएको छ।

यूएसएआईडीको वेबसाइट पनि हटाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad