ग्लोबल


हमासले थप ३ इजरायली बन्धक छाड्दा इजरायलद्वारा १८३ प्यालेस्टिनी रिहा

हमासले थप ३ इजरायली बन्धक छाड्दा इजरायलद्वारा १८३ प्यालेस्टिनी रिहा

हमासले शनिबार रिहा गरेका ३ इजरायली बन्धक।


नेपालखबर
माघ २७, २०८१ आइतबार ७:२१, काठमाडौँ

हमासले शनिबार गाजामा तीन इजरायली बन्धकलाई मुक्त गरेको छ। बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदी रिहा गरेको छ। 

हमासले एली शराबी, ओर लेवी र ओहद बिन अमी नामका बन्धकलाई छाडेको हो। 

बीबीसीका अनुसार यी तीन जनालाई स्थानीय समय शनिबार बिहान रेडक्रसको जिम्मा लगाइएको हो। 

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम छ। 

युद्धविराम सम्झौताअन्तर्गत अहिलेसम्म हमासले २१ बन्धक मुक्त गर्‍यो भने बदलामा इजरायलले ५६६ कैदी रिहा गरेको छ।

युद्धविरामको पहिलो चरणअन्तर्गत तीन हप्ताभित्र हमासले ३३ बन्धक र इजरायलले १,९०० कैदी रिहा गर्नुपर्ने सम्झौता छ।

तर हमासले बन्धक बनाएका ३३ जनामध्ये ८ जनाको भने मृत्यु भइसकेको इजरायलको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad