ग्लोबल


दिल्लीमा भाजपाले बहुमत ल्याएपछि आतिशीले दिइन् मुख्यमन्त्रीबाट राजीनामा

दिल्लीमा भाजपाले बहुमत ल्याएपछि आतिशीले दिइन् मुख्यमन्त्रीबाट राजीनामा

दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिँदै आतिशी (बायाँ)


नेपालखबर
माघ २७, २०८१ आइतबार १३:२०, काठमाडौँ

दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्। 

आम आदमी पार्टीबाट दिल्लीकी मुख्यमन्त्री रहेकी आतिशीले दिल्ली विधानसभा चुनावको नतिजा आएको भोलिपल्ट दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा गएर आफ्नो राजीनामा बुझाएकी हुन्। 

उनले राजीनामा दिएको जानकारी राज निवास दिल्लीको एक्स ह्यान्डलमा दिइएको छ।

तस्बिर सेयर गर्दै लेखिएको छ, ‘माननीय उपराज्यपाल वीके सक्सेनाले माननीय मुख्यमन्त्री आतिशीको राजीनामा स्वीकृत गर्नुभयो। उपराज्यपालले आतिशीलाई नयाँ सरकार गठन नभएसम्म पदमा रहन आग्रह गर्नुभयो।’

दिल्ली विधानसभा चुनाव २०२५ को नतिजा शनिबार (फेब्रुअरी ८ ) मा घोषणा भइसकेको छ। जसमा भाजपाले बहुमत ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ सिटमा खुम्चिएको छ। 

२७ वर्षपछि भाजपा दिल्ली सत्तामा फर्किएको हो। कंग्रेसले भने यसपटक एउटा पनि सिट जित्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad