ग्लोबल


कस्मिर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

कस्मिर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

नेपालखबर
फागुन १, २०८१ बिहिबार २०:०, श्रीनगर (भारत)

भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत कस्मिर सीमामा गोलीबारी गरेका छन्। पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ। 

सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता कस्मिर दुई छिमेकी देशबीच विभाजित छ।

दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन्।

पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ। 

अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडीटीभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन्। 

एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्‍यो। भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन्।

यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो।

सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकमा मोटामोटी कायम छ तर दुवैले एकअर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन्। 

गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा कस्मिर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकुलाई मारेको बताएको थियो।

धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन्।

द्वन्द्वमा दसौँ हजार मानिसको मृत्यु भएको छ। तीमध्ये अधिकांश सर्वसाधारण छन्।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ। 

तर गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौँ थप सैनिक तैनाथ गरिएका थियो। 

भारतले नियमित रूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ।

पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले कस्मिरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad