ग्लोबल


अमेरिकामा मोदी र ट्रम्पबीच भेटवार्ता, रुस-युक्रेन युद्धको चर्चा

अमेरिकामा मोदी र ट्रम्पबीच भेटवार्ता, रुस-युक्रेन युद्धको चर्चा

भेटवार्ताका क्रममा मोदी र ट्रम्प


नेपालखबर
फागुन २, २०८१ शुक्रबार ८:६, काठमाडौँ

अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त पत्रकार सम्मेलन गरेका छन्। 

यस क्रममा उनीहरूले रुस र युक्रेनबीच जारी युद्धका विषयमा पनि बोलेका छन्। 

भारतीय प्रधानमन्त्री मोदीले मानिसहरू रुस-युक्रेन द्वन्द्वमा भारत तटस्थ रहनुपर्छ भन्ने सोच्छन्, तर यो गलत भएको बताए। 

उनले भने, ‘भारत शान्तिका पक्षमा छ। हामी दुवै पक्ष (युक्रेन र रुस) सँग वार्ता गर्नुपर्ने निष्कर्षमा पुगेका छौँ।’

मोदीले रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति ट्रम्पले गरिरहेको प्रयासको प्रशंसा गरे।

यस क्रममा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग आफ्नो फोन वार्ता भएको सुनाउँदै युक्रेनमा युद्ध अन्त्य हुने आशा व्यक्त गरे।

यसअघि ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ अकाउन्टमा लेखेका छन्, ‘रुस र युक्रेनसँग उत्कृष्ट वार्ता भएको छ। युद्ध अन्त्य हुने सम्भावना धेरै छ।’

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुस-युक्रेन युद्धबारे हुने वार्तामा आफूलाई सहभागी नगराए कुनै पनि सम्झौता स्वीकार नगर्ने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad