टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज शरिफलाई टर्कीको इलेक्ट्रिक कार कम्पनी टीओजीका कारहरू उपहार दिएका छन्।
पाकिस्तान भ्रमणका क्रममा एर्दोगानले राष्ट्रपति जरदारी र प्रधानमन्त्री शरिफलाई कार उपहार दिएका हुन्।
शरिफले उपहारका लागि एर्दोगानलाई धन्यवाद दिए र भविष्यमा पाकिस्तानले देशमा टर्कीका अटोमोबाइल कम्पनीहरूका लागि राम्रो वातावरण सिर्जना गर्ने वाचा गरे।
एर्दोगानले पाकिस्तानले टर्किएको इलेक्ट्रिक कार कम्पनीका लागि आफ्नो ढोका खोल्नुपर्ने बताए।
एर्दोगान यही फेब्रुअरी १२ र १३ मा पाकिस्तानको दुई दिने भ्रमणमा थिए।
897
Shares

प्रतिक्रिया