ग्लोबल


अमेरिका र रुसबीच साउदीमा मंगलबार वार्ता, लाभ्रोव भन्छन् : संवादमा युरोपको कुनै भूमिका हुँदैन

युरोपेलीहरू फ्रान्समा भेला
अमेरिका र रुसबीच साउदीमा मंगलबार वार्ता, लाभ्रोव भन्छन् : संवादमा युरोपको कुनै भूमिका हुँदैन

उसाकोव र लाभ्रोव


नेपालखबर
फागुन ५, २०८१ सोमबार १८:२४,

युक्रेन युद्ध अन्त्यका विषयमा अमेरिका र रुसबीच साउदी अरबमा वार्ता हुने भएको छ। मंगलबार हुने वार्तामा अमेरिकी टोलीको नेतृत्व विदेशमन्त्री मार्को रुबियोले गर्ने छन्। 

उनको साथमा राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ज र मध्यपूर्वका लागि विशेषदूत स्टिभ विट्कोफ हुने छन्।

वार्तामा सहमभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोव र राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उसाकोव साउदी पुग्ने रुसी सरकारी सञ्चारमाध्यमले बताएका छन्। 

यो वार्तामा युद्धको एक पक्ष युक्रेनलाई भने निम्त्याइएको छैन। युरोपेली मुलुकहरूलाई पनि बाहिर राखिएको छ।

रुसी विदेशमन्त्री लाभ्रोवले युक्रेन युद्ध अन्त्य र शान्तिवार्तामा युरोपको कुनै भूमिका आफूले नदेखेको बताएका छन्।

‘उनीहरूले वार्ताको टेबलमा के गर्ने, मलाई थाहा छैन। उनीहरूले युद्ध जारी राख्ने नियतका साथ लडाइँ रोक्ने बिन्ती गर्ने हो भने उनीहरूलाई किन निम्त्याउनु?’

उता, छुटेको महसुस गरेका युरोपेली मुलुकका नेताहरू भने सोमबार नै पेरिसमा जम्मा हुँदै छन्। उनीहरूले युक्रेनबारे एकमत सिर्जना गर्ने कोसिस गर्नेछन्।

सो भेलाअघि बेलायती प्रधानमन्त्री किअर स्टार्मरले आफूहरू शान्तिसेना युक्रेनमा खटाउन तयार र इच्छुक रहेको बताएका छन्। जर्मनी र स्विडेनले पनि शान्ति सेना पठाउन तयार रहेको उल्लेख गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad