ग्लोबल


युक्रेन युद्ध अन्त्यबारे अमेरिका-रुसबीचको वार्तालाई ट्रम्पले भने: ‘धेरै राम्रो’

युक्रेन युद्ध अन्त्यबारे अमेरिका-रुसबीचको वार्तालाई ट्रम्पले भने: ‘धेरै राम्रो’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प


नेपालखबर
फागुन ७, २०८१ बुधबार ७:३३, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई 'धेरै राम्रो' भनेका छन्।

उक्त वार्तापछि युक्रेनमा शान्ति स्थापना गर्नेबारे आफूमा पहिलेभन्दा आत्मविश्वास बढेको ट्रम्पले बताए।

उनले भने, ‘रुस केही गर्न चाहन्छ। ऊ बर्बरता रोक्न चाहन्छ। हरेक हप्ता हजारौँ सैनिक मारिइरहेका छन्। यो मूर्खतापूर्ण छ।’

यो अर्थहीन युद्ध भएको र यो आफूहरू रोक्न चाहने उनले बताए। 

अमेरिकाका अघिल्ला राष्ट्रपति जो बाइडेनप्रति कटाक्ष गर्दै उनले भने, ‘म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।’

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा मंगलबार साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवबीच शान्ति वार्ता भएको छ।

तर उक्त वार्तामा आफ्नो देशलाई नबोलाइएको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले तीव्र असन्तुष्टि जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad