इजरायलको प्रमुख सहरमध्ये एक तेल अभिभको दक्षिणमा अवस्थित बाट याममा तीनवटा बसमा विस्फोट भएको छ।
यी विस्फोटमा अहिलेसम्म कुनै हताहतको रिपोर्ट नआएको बीबीसीले जनाएको छ।
यो एक शंकास्पद आतंकवादी हमला भएको इजरायली प्रहरीले बताएको छ।
इजरायली प्रहरीले दुई अन्य बसमा बम विस्फोट गराउने उद्देश्यले राखिएका उपकरण भने निष्क्रिय पारेको छ।
इजरायलका यातायात मन्त्री मिरी रागेभले देशका सबै बस र रेल आवागमन रोक लगाएकी छन्।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायल रक्षा बललाई वेस्ट बैंकका शरणार्थी शिविरहरूमा "गतिविधि बढाउन" आदेश दिएका छन्।
इजरायल रक्षा बलले विज्ञप्तिमा जारी गरी आईडीएफले इजरायल प्रहरी र सिन ब्याट सुरक्षा एजेन्सीसँग मिलेर बट याममा भएको घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
447
Shares

प्रतिक्रिया