ग्लोबल


हमासले छाड्यो थप ६ बन्धक, फेरि पनि परेनन् विपिन

हमासले छाड्यो थप ६ बन्धक, फेरि पनि परेनन् विपिन

हमासको कब्जाबाट शनिबार मुक्त भएपछि परिवारसँग अंकलमा गर्दै ओमेर वेन्कर्ट।


नेपालखबर
फागुन १०, २०८१ शनिबार २०:१९, काठमाडौँ

हमासले शनिबार थप ६ जना बन्धक छाडेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार वेस्ट बैंक र गजाबाट हमासले ६ जना बन्धक रेडक्रसमार्फत इजरायललाई फिर्ता गरेको हो। 

शनिबार छाडिएका ६ जनै इजरायली नागरिक हुन्। 

शनिबार ३७ वर्षका अवेरा मेन्गिस्तु , ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमेर वेनकर्ट र २२ वर्षका ओमेर शेम टोभ रिहा गरिएका हुन्। 

हमासबाट रिहा भएपछि परिवारसँग अँगालो मार्दै अवेरा मेन्गिस्तु

टाइम्स अफ इजरायलका अनुसार उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा थिए। समुद्र तटबाट गाजा प्रवेश गर्दा उनीहरूलाई हमासले नियन्त्रणमा लिएको थियो।

बाँकी चार जनालाई भने सन् २०२३ अक्टोबर ७ मा इजरायलमा हमला गर्दा हमासले बन्धक बनाएर गाजा लगेको थियो।

हमासले ६ जना बन्धक छाडेको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ।

गत जनवरी १९ देखि भएको युद्धविरामयता हमासले शनिबार (फागुन १० गते) सातौँपटक बन्धक रिहा गरेको हो। आज रिहा भएका ६ जनासमेत गरेर हमासले अहिलेसम्म ३० बन्धक मुक्त गरेको छ। 

इजरायलले भने यसअघि छैटौँपटकसम्म ९ सय ३५ जना प्यालेस्टिनी कैदी रिहा गरेको छ। 

यसबीच नेपाली विद्यार्थी विपिन जोशी पनि रिहा हुने आशा गरिएको छ। तर अहिलेसम्म उनको पालो आएन। 

पहिलो चरणको युद्धविरामअन्तर्गत भएको सम्झौताअनुसार हमासले जम्मा ३३ बन्धक छाड्ने भनिएको छ। यस हिसाबले अब उसले मुक्त गर्न ३ बन्धक मात्र बाँकी छ। 

बदलामा इजरायलले २ हजार कैदीलाई जेलमु्क्त गर्ने सम्झौता छ।

पहिलो चरणको युद्धविरामबीच दोस्रो चरणको युद्धविराम गर्न मध्यस्थकर्ताहरूले छलफल गर्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad