ग्लोबल


मारिएको ५ महिनापछि हिज्बुल्लाह नेता हसन नसरल्लाहको अन्त्येष्टि

मारिएको ५ महिनापछि हिज्बुल्लाह नेता हसन नसरल्लाहको अन्त्येष्टि

मारिएको ५ महिनापछि आइतबार हिज्बुल्लाह नेता हसन नसरल्लाहको अन्त्येष्टि गरिएको छ।


नेपालखबर
फागुन १२, २०८१ सोमबार ८:३४, काठमाडौँ

लेबनानमा इजरायली आक्रमणमा मारिएको झन्डै  ५ महिनापछि हिज्बुल्लाहका नेता हसन नसरल्लाहको अन्त्येष्टि गरिएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आइतबार (फेब्रुअरी २३) हिज्बुल्लाह नेता हसन नसरल्लाहसँगै उनका उत्तराधिकारी हाशिम सफिद्दीनको अन्तिम संस्कार गरिएको हो। 

उनीहरूको अन्तिम बिदाइ गर्न आइतबार हजारौँ मानिस लेबनानको राजधानी बेरुतस्थित स्पोर्ट्स सिटीमा भेला भएका थिए।

करिब पाँच महिनाअघि सेप्टेम्बरमा इजरायली आक्रमणमा हिजबुल्लाहका यी दुई शीर्ष नेता मारिएका थिए। 

इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले पनि हिज्बुल्लाह प्रमुख हसन नसरल्लाहको मृत्युमा पाँच दिनको शोकको घोषणा गरेका थिए।

यसैबीच खामेनीले नसरल्लाहको आइतबार भएको अन्त्येष्टिका क्रममा इजरायलविरुद्ध ‘प्रतिरोध’ गर्ने प्रतिज्ञा गरेका छन्। 

खामेनीले आफ्नो आधिकारिक वेबसाइटमा प्रकाशित विज्ञप्तिमा भनेका छन्, “दुश्मनलाई थाहा हुनुपर्छ- कब्जा, दमन र घमण्डविरुद्धको प्रतिरोध कहिल्यै अन्त्य हुँदैन र लक्ष्य हासिल नभएसम्म जारी रहनेछ।”

गत सेप्टेम्बर २७ मा दक्षिण बेरुतमा इजरायली आक्रमणमा इरानी क्रान्तिकारी गार्डका जनरल अब्बास निलफोरोसनसँगै नसरल्लाह मारिएका थिए।

नसरल्लाहका उत्तराधिकारी सफिद्दिन भने छुट्टै आक्रमणमा मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad