ग्लोबल


पुटिन र सीबीच फोनवार्ता, पुटिनले गराए अमेरिका-रुस वार्ताबारे जानकारी

पुटिन र सीबीच फोनवार्ता, पुटिनले गराए अमेरिका-रुस वार्ताबारे जानकारी

नेपालखबर
फागुन १२, २०८१ सोमबार १७:३१,

युक्रेन युद्धको तेस्रो वर्षगाँठकै दिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनवार्ता भएको छ। बेइजिङ र मस्को दुवैले वार्ताको पुष्टि गरेका छन्।

वार्तामा सीले दुई देशबीच ‘असीमित साझेदारी’ रहेको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध समाप्त गर्न पहल गरिराखेको बेला यी दुई नेताबीच कुराकानी भएको हो।

बेइजिङका अनुसार पुटिनले सीलाई फोन गरेर गतसाता साउदी अरबमा भएको रुस–अमेरिका वार्ताबारे जानकारी गराएका हुन्।

पुटिनले युक्रेन युद्धको मुख्य कारण समाप्त पार्ने प्रतिबद्धता जनाउँदै दिगो शान्तिका लागि प्रतिबद्धता जनाएको चीनको भनाइ छ।

सीले भने दुई देशबीचको रणनीतिक र विकास साझेदारी अर्को कुनै देशप्रति लक्षित नभएको स्पष्ट पारेका छन्। 

‘चीन र रुसको विकास र रणनीति र विदेश नीति दीर्घकालीन छ,’ सीले भनेका छन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad