ग्लोबल


संयुक्त राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ, पहिलोपटक युक्रेनका विपक्षमा मत

संयुक्त राष्ट्रसंघमा रुसलाई अमेरिकाको साथ, पहिलोपटक युक्रेनका विपक्षमा मत

फाइल तस्बिर: ट्रम्प र पुटिन


नेपालखबर
फागुन १३, २०८१ मंगलबार ८:२२, काठमाडौँ

संयुक्त राष्ट्र संघले सोमबार युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।

बीबीसीका अनुसार यो प्रस्तावका पक्षमा ९३ र विपक्षमा १८ मत परे।

अमेरिका, इजरायल र हंगेरीसँगै रुसले प्रस्तावका विपक्षमा मतदान गरे भने रुस र युक्रेनबीच युद्ध सुरु भएयता अमेरिकाले पहिलोपटक युक्रेनका विपक्षमा मत दिएको हो। 

६५ देशले मतदानमा भाग लिएनन् भने प्रस्तावलाई जर्मनी, बेलायत र फ्रान्सजस्ता प्रमुख युरोपेली देशले समर्थन गरेका छन्। नेपालले पनि प्रस्तावको समर्थन गरेको छ।  

यस प्रस्तावमा भएको मतदानमा भारत र चीनले भाग लिएनन्।

यो प्रस्ताव युक्रेन-रुस युद्ध सुरु भएको तीन वर्ष पूरा भएको समयमा आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad