ग्लोबल


उत्तराखण्ड: हिमपहिरोमा पुरिएका ५४ जनामध्ये ४६ जीवित र ४ मृत भेटिए

बाँकी ४ व्यक्तिको खोजी जारी
उत्तराखण्ड: हिमपहिरोमा पुरिएका ५४ जनामध्ये ४६ जीवित र ४ मृत भेटिए

बेपत्ताको खोजीमा खटिएको उद्धार टोली। तस्बिर : भारतीय सञ्चारमाध्यम


नेपालखबर
फागुन १८, २०८१ आइतबार ११:१९, काठमाडौँ

भारतीय राज्य उत्तराखण्डको चमोलीमा फेब्रुअरी २८ मा गएको हिमपहिरोमा फसेका ५४ मध्ये ४६ जनाको उद्धार गरिएको छ भने ४ जनाको मृत्यु भएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि हिमपहिरोमा बेपत्ता कामदारको संख्या ५५ ​​भनिएको थियो। तर शुक्रबार हिमाचल कांगडा निवासी सुनील कुमार कसैलाई जानकारी नदिई शिविरबाट आफ्नो गाउँ फर्किसकेको जानकारी परिवारले दिएपछि हिमपहिरोमा पर्नेको संख्या ५४ मात्र भएको हो। 

अब अझै ४ जना फेला पर्न बाँकी छ। त्यसैले तेस्रो दिन आइतबार पनि उद्धार जारी छ।

बेपत्ताहरूको खोजीमा ड्रोन तथा ६ वटा हेलिकप्टर पनि प्रयोग गरिएका छन्। 

घटनास्थलमा हिउँ खनेर बेपत्ता ४ कामदारको खोजी जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

गत फेब्रुअरी २८ बिहान ७:१५ बजे चमोलीको माना गाउँमा भीषण हिमपहिरो गएको थियो। जसले मोली-बद्रीनाथ राजमार्गमा रहेको कन्टेनर हाउसमा बसिरहेका सीमा सडक संगठन (बीआरओ) का कामदारलाई पुरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad