ग्लोबल


रुसविरुद्धको साइबर आक्रमण रोक्न अमेरिकी रक्षामन्त्रीको आदेश

रुसविरुद्धको साइबर आक्रमण रोक्न अमेरिकी रक्षामन्त्रीको आदेश

नेपालखबर
फागुन १९, २०८१ सोमबार १८:१७,

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले रुसविरुद्धको आक्रामक साइबर कारबाही रोक्न आदेश दिएका छन्। युक्रेन युद्ध रोक्ने कूटनीतिक प्रयासस्वरुप यो कदम चालिएको अमेरिकी अधिकारीहरूको भनाइ छ।

यद्यपि, सार्वजनिक रुपमा यसको घोषणा गरिएको छैन। रक्षा मन्त्रालयले यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

हेगसेथले यूएस साइबर कमान्डलाई उक्त निर्देशन दिएका हुन्।

सो आदेश राष्ट्रपति डोनाल्ड ट्रम्प र भ्लादिमिर जेलेन्स्कीबीच भनाभन हुनुभन्दा अगाडिको भएको बताइएको छ। 

सत्तामा आएपछि ट्रम्पले रुसप्रतिको अडान नरम बनाएका छन्। उनको प्रशासनले आफ्नो प्राथमिकता चीन भएको बताएको छ। 

ट्रम्पले आफू राष्ट्रपति भएको भए युक्रेन युद्ध नै सुरु नहुने बताउँदै आएका छन्। जेलेन्स्कीले तेस्रो विश्वयुद्धसँग खेलाँची गरिरहेको उनको भनाइ छ।

डेमोक्र्याटिक पार्टीका नेताहरूले भने यो कदम गलत भएको बताइरहेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad