ग्लोबल


भन्सार बढाउनासाथ अमेरिकी सेयर बजारमा आतंक, डाउ जोन्स र नास्ड्याकमा भारी गिरावट

भन्सार बढाउनासाथ अमेरिकी सेयर बजारमा आतंक, डाउ जोन्स र नास्ड्याकमा भारी गिरावट

नेपालखबर
फागुन २०, २०८१ मंगलबार ९:२८, काठमाडौँ

राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मंगलबारदेखि मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिक सेयर बजारमा ठूलो गिरावट आएको छ।

डाउ जोन्समा १.४ प्रतिशत, एसएन्डपी ५०० मा १.७५ प्रतिशत र नास्ड्याक २.६ प्रतिशत घटेको हो।

पारस्परिक कर अप्रिल २ देखि लागू हुने भए पनि ट्रम्पले मंगलबारदेखि मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशतसम्म थप भन्सार शुल्क लगाइने र चीनबाट आउने सामानमा थप १० प्रतिशतसम्म लगाइने बताएका छन्। 

यसैबीच चीन, क्यानडा र मेक्सिकोले पनि बदलामा अमेरिकी सामानमा कर लगाउने घोषणा गरेका छन्।

क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘स्पष्ट छ- ट्रम्पले शुल्क लगाए भने हामी पनि तयार छौँ।’

उनले क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनमा प्रतिशोधात्मक शुल्क लगाइने बताइन्। जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानबाट सुरु हुनेछ।

यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad