कला


ज्योतिलाई दुर्गेशको आरोप: बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

ज्योतिलाई दुर्गेशको आरोप: बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

फाइल तस्बिर: दुर्गेश थापा र ज्योति मगर


नेपालखबर
फागुन २०, २०८१ मंगलबार १०:२०, काठमाडौँ

कलाकार दुर्गेश थापाले हालै दाङमा आयोजित तुलसीपुर महोत्सवमा आफूले प्रस्तुति दिने कार्यक्रम ज्योति मगरले अचानक रोकेको आरोप लगाएका छन्। 

दाङको तुलसीपुरमा यही फागुन १ देखि सञ्चालित तुलसीपुर महोत्सव १७ गते दिउँसो अचानक रोकिएको थियो। 

आयोजक तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्माले भने दाङका प्रमुख जिल्ला अधिकारीसँग महोत्सव जारी राख्न कुरा राखे पनि फागुन १ देखि १६ गतेसम्मको मात्रै अनुमति लिएको भन्दै नमानेकाले महोत्सव बीचमै रोक्नुपरेको बताएका थिए।

उक्त महोत्सवमा प्रस्तुति दिन दुर्गेश फागुन १८ गते जाने कुरा थियो। तर महोत्सव नै समापन भएपछि उनी रोकिनुपरेको थियो। फेरि त्यही दिन ज्याति मगरले फेसबुकमा व्यंग्य गर्दै लेखेकी थिइन्। 

उनले लेखेकी थिइन्, ‘आज दाङको तुलसीपुर महोत्सवमा चर्चित कलाकार दुर्गेश थापा भाइको हेलिकप्टर उड्यो कि उडेन??? हल्लाखल्ला सुनिएन त कतै...कमेन्ट्मा खबर गरुम् त दंगाली सञ्चारमाध्यमहरू...दुस्मन हेरेको हेर्‍यै होइन, दुस्मन पर्खेको पर्ख्यै थिए रे भन्ने हल्ला पो आयो त कता कता...।’

यसैलाई आधार मानी दुर्गेशले महोत्सव ज्यातिले रोकेको आरोप लगाएका हुन्। 

‘म दाङका प्रिय दर्शक भगवान्‌को दर्शन गर्न, मनभरि माया साट्न र आफ्ना प्रस्तुतिमार्फत हजुरहरूलाई मनोरञ्जन दिन अत्यन्त उत्साहित थिएँ। तर, एउटा दुर्भाग्यपूर्ण मोड आयो। अचानक महोत्सव हुन नदिने निर्णयको खबर फैलियो। मेरो भगवान्‌रूपी दर्शकहरू महोत्सव स्थलसम्म पुगेर निराश हुँदै फर्किएको देख्दा मन रोयो, दुर्गेशले पनि फेसबुकमा लेखेका छन्, यो घटनाले एकचोटि फेरि स्पष्ट गरिदियो- केही व्यक्तिहरू कलाकारिताभन्दा बढी राजनीतिक स्वार्थमा लिप्त छन्। कोही कलाकारले हेलिकप्टर उड्यो कि उडेना भनेर लेख्न भ्याउनुभएछ।उहाँलाई मेरो बधाई! मेरो कार्यक्रम रोक्न सफल हुनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad