कला


‘कंगाल करोडपति’ को मुख्य भूमिकामा देखिँदै मुकुन भुषाल

‘कंगाल करोडपति’ को मुख्य भूमिकामा देखिँदै मुकुन भुषाल

नेपालखबर
असार १२, २०८३ शुक्रबार १३:५१, काठमाडौँ

राजु श्रेष्ठको निर्देशनमा बन्ने फिल्म ‘कंगाल करोडपति’ मा अभिनेता मुकुन भुषाल अनुबन्धित भएका छन्। उनी फिल्मको मुख्य भूमिकामा अनुबन्धित भएका हुन्। 

प्रविन आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा अनुबन्धित भएपछि अभिनेता भुषालले पटकथा र आफ्नो पात्र रोचक लागेकाले फिल्ममा जोडिएको बताए। ‘धेरै स्क्रिप्ट आइरहेको सन्दर्भमा यसको कथावाचन शैली र मलाई प्रस्ताव गरिएको पात्रले आकर्षित गर्‍यो,’ उनले भने।

भुषाल अभिनित फिल्म ‘रोल नम्बर १’ हाल सिनेमाघरमा प्रदर्शनरत छ।

सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘कंगाल करोडपति’ का निर्माता अनिलकुमार बुढाथोकी हुन्। सहनिर्मातामा छिरिङ तामाङ रहेका छन् भने रीता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्।

हाल फिल्मका कलाकार छनोटको काम तीव्र रूपमा भइरहेको छ। फिल्मका लेखक सुमन गजमेर हुन्। निर्माण पक्षले फिल्मको पूर्ण कलाकार तथा प्राविधिक टोलीबारे विस्तृत जानकारी केही समयपछि सार्वजनिक गर्ने जनाएको छ।

निर्देशक राजु श्रेष्ठका अनुसार कलाकार छनोट प्रक्रिया पूरा हुनेबित्तिकै कार्यशाला सञ्चालन गरी फिल्म छायांकनमा जाने तयारी गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad