शुक्रबारदेखि फिल्म ‘जाँड’ प्रदर्शनमा आएको छ। राजु शाहको निर्देशन रहेको यो फिल्म आजदेखि सिनेमाघरहरूमा आएको हो। यस फिल्मले समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिने निर्माणपक्षले जनाएको छ।
‘जाँड’ले मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ।
राजेन्द्र भट्टको निर्माणमा बनेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाललगायत कलाकारको अभिनय छ।
सुकुलढोका मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्तरूपमा तयार पार्नुभएको हो । चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन्।
Shares

प्रतिक्रिया